काठमाडौँ– लामो समयदेखि चर्चाको शिखरमा रहेको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकिकरणको विषय अन्तत टुंगिएको छ । विभिन्न कारणले हुन नसकिरहेको एकता अब भोलि नै हुने भएको छ ।


ADVERTISEMENT


नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले हिमालय पोष्टलाई जानकारी दिए अनुसार एमाले र माओवादीबीच भोलि नै एकता हुन लागेको हो । पार्टी एकताका लागि दुबै पार्टीका नेताहरु सहमत भएका छन् । विराटनगरमा रहेका सचिव आचार्य आजै काठमाडौँ आउँदैछन् ।


ADVERTISEMENT

# # #


पार्टी एकतापछि भोलि नै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने तयारी भइरहेको नेता आचार्यले बताएका छन् ।

यसअघि आजै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोलि १० बजे एकता संयोजन समिति बैठक बोलाउने सहमति भएको थियो ।