काठमाडौं–नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले भारतीय राजदूतावास लैनचौर अगाडि प्रदर्शन गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महर नेतृत्वमा विद्यार्थीहरु मंगलबार दूतावास पुगेका थिए ।


ADVERTISEMENT


भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको संघका विद्यार्थीहरुले विरोध गरेका हुन् । टोलीले दूतावास नजिकै कोणसभा पनि आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


कोण सभालाई सम्बोधन गर्दै आजादले जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिबारे माफी माग्नुपर्ने माग गरे । त्यस्तै, कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेपलाई निम्त्याएको पनि आरोप लगाए ।