काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारका पछिल्ला गतिविधिहरु राष्ट्रघाती देखिएको भन्दै त्यस्ता कदमहरुलाई नत्थी लगाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रवादीको नारा दिएर जनमत पाएपनि सरकारका पछिल्ला गतिविधिहरु राष्ट्रघाती देखिएको महरको ठम्याई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लम्पसारवादी चरित्र प्रस्तुत गरेको समेत उनले आरोप लगाएका छन् । मोदीको भम्रणका क्रममा सरकारले भारतीय सेनालाई प्रवेश दिनु, अरुण तेस्रो भारतलाई सुम्पिनु लगायतका गतिविधिहरु राष्ट्रघाती प्रमाण भएको भन्दै नत्थी लगाउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै भारतीय दूतावास अगाडी नेविसंघले गरेको प्रदर्शनमा बोल्दै उनले भारतीय सांसद कीर्ति आजातको अभिव्यक्ति नेपालको राष्ट्रिय अखण्डताविरुद्ध भएको भन्दै यसलाई तत्काल फिर्ता लिन चेतावनी दिएका हुन् ।