काठमाडौं–डोपिङ परिक्षणमा असफल भएपछि दक्षिणी अमेरिकी देश पेरूका फुटबल कप्तान पाओलो गुइरेरोले आगामी महिनाबाट सुरू हुने विश्वकप गुमाएका छन् ।


ADVERTISEMENT


उनले प्रदुषित चियाका कारण डोपिङमा असफल भएको बताउँदै आएका थिए । सोमबार खेल अदालतले ‘एन्टी डोपिङ एजेन्सी’को ६ महिने प्रतिबन्ध सजायलाई बढाउन गरेको आग्रहलाई समर्थन गरेपछि उनी विश्वकपमा प्रतिबन्धित हुन पुगेका हुन् ।


ADVERTISEMENT

# # #


अब उनी थप १४ महिनाको लागि प्रतिबन्धित हुनेछन् । अदालतले यसमा गुइरेरोको दोषको स्तर अत्याधिक देखिएको ठहर गरेको छ ।

३४ वर्षिया गुइरेरोको शरिरमा गत अक्टोबरमा भएको अर्जेन्टिना विरूद्धको विश्वकप छनौट खेलका क्रममा गरिएको डोपिङ परिक्षणमा ‘बेन्जोयलगोनाइन’ नामक कोकिनको मेटाबोलाइट भेटिएको थियो ।

एन्टि डोपिङ नियम अनुसार खेलका दौरान कोकिन प्रयोग खेलाडीका लागि प्रतिबन्धित छ । उनका वकिलहरूले भेटिएको कोकिन शक्तिबर्दक नभइ असावधानिवसः दुषित चिया खाँदा शरिरमा प्रवेश भएको जिकिर गरेका थिए ।

फिफाले उनलाई सुरूमा एक वर्षको प्रतिबन्ध लगाएको भए पनि सो प्रतिबन्धलाई फास्टट्र्याक अपिलका माध्यमबाट पछि विश्वकप खेल्न मिल्ने गरी घटाइएको थियो ।