काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको ‘वान टु वान’ भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


दुई नेताबीच झण्डै साढे २ घण्टा चलेको उक्त सम्बादमा केपी ओलीको ट्वीट र पार्टी एकताका सम्बन्धमा छलफल भएको बुझिएको छ । यद्यपी वार्ताबारे नेताहरुले कुनै प्रतिकृया दिएका छैनन । झण्डै २ घण्टा वार्ता भयो, तर के विषयमा भयो भन्ने जानकारी छैन’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारेमा दुई नेताबीच छलफल हुने बताइएपनि पार्टी एकता र सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीको एकलौटी व्यवहारका बारेमा कुराकानी भएको बताइएको छ ।