काठमाडौं–नेपाली कांग्रेसले यातायात व्यवसायीहरूसँग वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई अपिल गरेको छ ।


ADVERTISEMENT


यातायात सिण्डिकेट खारेज गर्ने सरकारको निर्णय विरुद्ध शुक्रबार यातायात व्यवसायी महासंघले चक्काजाम गरेको थियो ।


ADVERTISEMENT

# # #


देशभरी चक्काजाम गरेपछि सरकारले महासंघका पदाधिकारीसहित अन्य व्यवसायीलाई पक्राउ गरेको थियो । यातायात जस्तो अत्यावश्यक सेवामा चक्काजाम हड्ताल नगर्न सरकारले गरेको निषेध तोडेको भन्दै सरकारले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने यातायात व्यवसायीको धरपकड बन्द गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरको विज्ञप्तिमा भनिएको छ, यातायात बन्द गर्ने व्यवसायीको निर्णयबाट पर्न गएको असुविधा र कठिनाइप्रति ध्यानाकर्षण भएको पनि उल्लेख छ ।

‘यातायात व्यवसायीहरूले आफ्नो व्यवसायिक हितका लागि विभिन्न माग राखी गरिएको आन्दोलनमा व्यवसायिक उपर गरिएको धरपकड तत्काल बन्द गरी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकार एवं आन्दोलनरत पक्षलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।