काठमाडौं–चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने विशेष आतिथ्य ग्रहण गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली फर्किएका छन् ।


ADVERTISEMENT


शीर्ष वार्ताक्रममा कुनै ठोस सम्झौता नभए पनि अविश्वास र असमझदारी हटाउन मोदी भ्रमणले सहयोग पुगेको विश्लेषण भारतीय सरकारको छ ।


ADVERTISEMENT

# # #


दोक्लम घटनापछि चिसिएको सम्बन्ध सुधार गर्न मोदी–सी छलफल केही हदसम्म सफल भएको छ । भारतले चीनसँग विशेषगरी व्यापार, लगानी र कनेक्टिभिटीको क्षेत्रमा हातेमालोको प्रस्ताव पनि गरेको छ ।

चीनलाई रिझाउन कुनै कमी नछाडेको भारतले चीनसँग नेपालको सम्बन्धलाई भने सधैं शंकाको नजरले हेर्दै आएको छ । अब त्यो नजरमा बदलाव आउला ?

प्रधानमन्त्री केपी ओलीको भ्रमणबाट केही हदसम्म त्यसमा परिवर्तन आएको र शक्तिराष्ट्रका रूपमा चीनको उदयसँगै त्यस किसिमको सोचको अर्थ नरहेको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक हयापीमन ज्याकबको विश्लेषण छ ।

‘विगतमा चीन र छिमेकी मुलुकबीचको सम्बन्धलाई लिएर दिल्लीमा रहेको त्रास हटदै गएको छ,’ उनले भने, ‘अब चीनलाई नजरअन्दाज गर्न मिल्दैन ।’ – आजको कान्तिपुर दैनिकबाट