धनकुटा–धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन् ।


ADVERTISEMENT


बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको थियो ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरण अयिान सुरु गरिएको हो । बाँदर समात्न भारतबाट आएका तालिम प्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन् ।

वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीयको टोली कचिडे, खाल्डे, सल्लेरी वन, पाङसिङ क्षेत्रका जंगलमा बाँदर खेज्दै डुल्दैछन् ।

यो क्षेत्रमा ४०० भन्दा बढी बाँदर नियन्त्रण गरी स्थानान्तरण गरिसकिएको जानकारी वडाध्यक्ष श्रेष्ठले दिए ।

बाँदर सुरक्षित साथ घना जंगलमा छाड्ने गरिएको छ तर स्थान भने खुलाइएको छैन । – आजको अन्नपूर्ण पोस्टबाट