काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘१४ औं अन्तराष्ट्रिय औंद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष दाहालले जनताको जीवनमा परिवर्तन हुनेगरी विकास, निर्माणको काम अघि बढाउने गरी बजेट नआए मुलुकमा प्राप्त राजनीतिक परिवर्तनमा दिगोपना नआउनेतर्फ पनि सचेत गराए । मुलुकलाई समृद्ध बनाउन सबैभन्दा अनुकूल समय रहेको पनि स्मरण गराए ।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले विकास, निर्माणद्धारा जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी मुलुकमा सबै तहको सरकार निर्माण भएको पनि उल्लेख गरे । अध्यक्ष दाहालले सरकार बलियो भएकाले मुलुकलाई समृद्ध बनाउन सक्षम हुने विश्वास पनि व्यक्त गरे ।