काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश नं. ५ को संसदमा सम्बोधन गर्ने भएका छन् । वैशाख १६ गते बिहान ९ बजे प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न शनिबार लुम्बिनी आउने अवसर पारि संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयका सचिव मानबहादुर विकले स्रोतलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली बौद्ध सम्मेलन र बुद्ध जयन्ती अवधीभर तीन दिनसम्म लुम्बिनीमा बस्ने कार्यक्रम छ । १७ गतेको बुद्धजयन्ती मुल समारोहको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आउने भएकी छन् ।

१५ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीले १६ गते संसदमा सम्बोधन गरेपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई पनि सम्बोधन गर्नेछन् ।

प्रदेशसभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो कार्यक्रम हो । प्रधानमन्त्री सम्बोधनको लागि मात्र तय गरिएको कार्यत्रम रहेकोले अन्य कार्यसूची नभएको संसद सचिवालयले जनाएको छ ।