काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सँस्थामा १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।


ADVERTISEMENT


केन्द्रिय बैंकले एक बर्षको लागि १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ लगानी भएको हो । राष्ट्र बैंकले बाणिज्य बैंकमा १ अर्ब ७ करोड १७ लाख रुपैयाँ, विकास बैंकमा २० करोड १० लाख र फाइनान्स कम्पनीमा ७ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने छ ।


ADVERTISEMENT

# # #


२०७५ जेठ १ गतेदेखि २०७६ बैंशाख ३१ गतेसम्मका लागि सो रकम राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थामा राख्न थालेको जनाएको छ । यो रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले १९ गते ३ बजेभित्र लिन चाहेको रकम र दिन चाहेको ब्याजदर खुलाई बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागले जनाएको छ ।

यो रकम लिन चाहने संस्थाले राष्ट्र बैंकले तोकेको ११ वटा शर्त पुरा गर्नुपर्नेछ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा भएको, न्युनतम पुँजीकोष कायम भएको, तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत रहेको लगायत शर्त छन् ।