काठमाडौं – गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।


ADVERTISEMENT


मन्त्रालयको सरुवा सूची अनुसार चितवनका सीडीओ नारायणप्रसाद भट्ट भक्तपुर सरुवा भएका छन् । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सीडीओ बनेर पर्सा पुगेका छन् ।


ADVERTISEMENT

# # #


झापाका सीडीओ ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ, पर्साका सीडीओ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत सरुवा गरिएको छ ।