काठमाडौं – आईपिएल क्रिकेटमा खराब प्रर्दशन गरेपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानबाट राजीनामा दिएका छन् । यो सँगै अब आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको जिम्मा पाउँने भएका छन् ।


ADVERTISEMENT


यस अघि गौतमले दुई पल्ट कोलकाता नाइटराइडर्सलाई आईपीएल च्याम्पियन बनाएका थिए । तर यो सिजनमा भने गौतम गम्भीरलाई दिल्लीले किनेको हो । मूल रुपमा दिल्ली निवासी गम्भीरको टिमको कप्तान बनाइएको थियो ।


ADVERTISEMENT

# # #


गम्भीरले पत्रकार सम्मेलन गर्दै दिल्लीको कप्तानबाट राजीनामा दिएको बताएका हुन् । उनले पत्रकारहरुसँग भने, ‘यो मेरो निर्णय हो, मैले आफ्नो तर्फबाट टिमलाई महत्वपूर्ण योगदान दिन सकिनँ । टिमको कप्तान भएकाले यो सबैको जिम्मेवारी मैले लिनुपर्छ ।’ उनले यो प्रतियोगितामा दिल्लीको जे–जस्तो प्रदर्शन छ त्यसको जिम्मेवार आफू भएको पनि बताएका छन् ।

दिल्ली डेयरडेभिल्सको नयाँ कप्तान नियुक्त भएपछि श्रेयस अय्यरले भने, ‘नेतृत्व दिइएकोमा म टिम म्यानेजमेन्ट र प्रशिक्षकहरुलाई धन्यवाद दिन चाहन्छु । यो मेरो लागि ठूलो सम्मान हो ।’

उनको यो निर्णयले सन्दीप लामिछानेलाई भने केही फाईदा हुने अनुमान गर्न सकिन्छ । किनकी दिल्लीले खेलेका ६ खेलमा सन्दीपलाई टिम ११ मा ठाउँ अटाएको थिएन ।

नयाँ कप्तान आएपछि दिल्ली नयाँ रणनीतिसहित मैदानमा उत्रने सम्भावना रहेकोले अबको बाँकि खेलमा सन्दीप टिम ११ मा ठाउँ पाउने सम्भावना रहेको छ ।

दिल्लीले ६ खेलमध्ये एक मात्रै खेल जितेकोले उ अंकतालिकामा पुछारमा रहेको छ ।