कलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, नियमित रूपमा डरलाग्दो सपना आउन थाल्यो भनेचाहिँ सजग हुन आवश्यक हुन्छ । यसलाई मानसिक रोगका रूपमा लिनुपर्छ । यस्तो भएमा उपचारको जरुरत पर्छ ।


ADVERTISEMENT


हुन सक्छ नाइटमेयर डिसअर्डर


ADVERTISEMENT

# # #


सपनामा अनेक विषय देखिन्छन् । कहिलेकाहीँको सपना त यादसमेत हुँदैन । निद्राको अवस्थामा मस्तिष्कले वैकल्पिक यथार्थ या काल्पनिकता रचेर प्रदर्शन गर्छ । जसलाई सपना भन्ने गर्छौं । मसलेदार फिल्मजस्तै हाम्रो सपनामा पनि एक्सन, इमोसन, रोमान्स, कमेडी आदि देखिने गर्छ । कहिलेकाहीँ त हरर फिल्मजस्तो पनि सपना देख्ने गर्छौं । जसलाई खराब सपना, दुःस्वप्न या नाइटमेयर भनिन्छ ।

डरलाग्दो सपनाका कारण छिनछिनमा ब्युँझने हुन्छ । यस्तो अवस्थामा मानिस हडबडाउँदै उठ्ने गर्छ । त्यतिवेला धड्कन र श्वाप्रश्वासको गति तीव्र हुने गर्छ । तर, त्यो सपना हो भन्ने कुराचाहिँ पछि मात्र थाहा लाग्छ । त्यसपछि मानिस बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कन थाल्छ । नियमित रूपमा यस्तो सपना देख्न थालेमा पटक–पटक निद्रा छुट्ने गर्छ । यसकै कारण कतिपय सुत्नसमेत डराउँछन् । यस्तो भएमा मानसिक समस्याको रूपमा लिनुपर्छ । यस्तो सपना देखिएको अवस्थामा नाइटमेयर डिसअर्डर या पेरासोम्निया भन्ने गरिन्छ । जसको उपचार गर्न जरुरी हुन्छ ।

नाइटमेयरका कारण

यस्तो डिसअर्डरका कैयौँ कारण हुन सक्छन् । यसको प्रमुख कारण भनेको जीवनमा घटेका केही गम्भीर घटना हुन् । कुनै कारणले लगातार तनाव वा डिप्रेसनमा भएको अवस्थामा पनि नियमित रूपमा यस्तो सपना देखिन सक्छ । नशालु पदार्थको सेवनका कारण पनि नाइटमेयर डिसअर्डर हुन सक्छ । जस्तो कि, मदिरा या ड्रग्सको सेवन । त्यस्तै, यस्तो समस्याको औषधि खाएर छाड्दा पनि नाइटमेयर डिसअर्डर हुन सक्छ ।

स्लिप एम्निया अर्थात् निद्राका वेला श्वासप्रश्वासमा समस्या हुँदा पनि यस्ता समस्याको सिकार हुनुपर्छ । त्यस्तै, लगातार अपर्याप्त निद्राका कारण पनि नाइटमेयर डिसअर्डरको समस्या हुन जान्छ । फिल्म र उपन्यासले पनि यसमा प्रभाव पार्छ । नियमित हरर फिल्म हेर्ने वा त्यस्तै कथा भएको उपन्यास पढ्ने मानिस पनि यस्तो समस्याबाट ग्रसित हुन सक्छन् ।

सुत्नुभन्दा ठीक अघि यस्तो खाना खाने बानी पनि यस्तो सपनाको कारक बन्न सक्छ । त्यसैले बेलुकीको खाना खाएको कम्तीमा एक घन्टापछि मात्र सुत्ने बानी गर्नुपर्छ ।

पहिचान र उपचार

हप्तामा एकभन्दा बढीपटक डराउने सपना देखेमा त्यसलाई समस्याको रूपमा बुझ्नुपर्छ । लगातार यस्तो सिलसिला बनेमा पटक–पटक निद्रा छुट्ने गर्छ र त्यसपछि निद्रा आउन गाह्रो भएमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

नाइटमेयर डिसअर्डरको शंका भएमा डाक्टरले पोलिसोम्नोग्राफी टेस्ट गर्छ र यसबारे पत्ता लगाउँछ । त्यसक्रममा निदाउँदा मुटुको गति, मस्तिष्कको तरंग, अक्सिनको स्तर, श्वास र आँखाको व्यवहारबारे रेकर्ड गर्न शरीरका विभिन्न अंगमा सेन्सर लगाउने गरिन्छ । यही परीक्षणका आधारमा डाक्टरले उपचार गर्छन् ।

डराउने सपनाका कारणले तानाव मात्र होइन, डिप्रेसन नै हुन सक्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । उपचारका क्रममा डाक्टरले वैकल्पिक औषधि पनि उपलब्ध गराउन सक्छ ।

नशालु पदार्थका कारण यस्तो समस्या भएको हो भने यस्तो लत तत्काल छुटाउने प्रयास गर्नुपर्छ ।