भक्तपुर – प्रहरीले ७२ हजार तीन सय रुपैयाँ नगदसहित सातजनालाई तास खेल्दै गरेको अवस्थमा नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमी नगरपालिका- ५ कमेरोटारस्थित एक घरमा डेरा गरी बस्नेत ३४ वर्षीय कुमार कार्कीको कोठाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT


परिसरका अनुसार कार्कीले आफ्नै डेरा कोठामा तास खेलाइरहेको छ भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा तास खेल्ने खेलाउने कार्यमा संलग्न सातजनालाई नियन्त्रणमा लिइएको हो।


ADVERTISEMENT

# # #


परिसरका प्रहरी निरीक्षक मदन केसीले उनीहरुको साथबाट नगद ७२ हजार तीनसय नेपाली रुपैयाँ, एकसय दरका चार थान भारतीय रुपैयाँ, अमेरिकी डलर एक दरका तीन थान र १३ बुक तास बरामद भएको जानकारी दिए। नियन्त्रणमा लिइएकालाई परिसरमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको उनले बताए।