काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माक्र्सवाद र लेलिनवादको विरोध गर्नु भनेको गुलाबको फूल कहिल्यै नदेख्नेले गुलाबको फूलै मन पर्दैन भनेजस्तो हुने बताएका छन् ।


ADVERTISEMENT


माक्र्सवाद र लेलिनवादको ज्ञान नभएकाहरुले बुझ्दै नबुझी विरोध गर्ने गरेको प्रति व्यंग्य गर्दै ओलीले भने, ‘कतिपयले भन्ने गर्छन्, माक्र्सवाद लेलिनवाद मन पर्दैन । गुलावको फूल कहिल्यै नदेख्नेले गुलावको फूल मन पर्दैन भने जस्तै हो यो । जसले रसबरी कहिल्यै खाएको छैन उसले रसबरी मन पर्दैन भन्नुको अर्थ के हुन्छ ?’


ADVERTISEMENT

# # #


आजको दिन लेलिनको जन्मजयन्ती समेत भएको स्मरण गर्दै ओलीले भने, ‘जसले देश विदेशमा ठूलो परिवर्तन गर्यो । विश्व राजनीतिक व्यवस्था र अर्थतन्त्रमा परिवर्तन ल्यायो । उहाँको जन्मदिनको अवसरमा आदरभावका साथ सद्दासुमन अर्पण गर्दछु ।’

ओलीले ज्ञान भएकाहरुले माक्र्सबारे आदरभाव प्रकट गरेपनि अज्ञानीहरुले कडा आलोचना गर्ने गरेको समेत टिप्पणी गरे ।

‘इश्वरबारे तपाइँको धारणा के भन्दा आइन्सटाइना मैले इश्वर देखेको छैन । थाहा पनि छैन । यदी इश्वर हुन्छ भने काल्र्समाक्सलाई खोज्न लगाउने कि भनेर भन्थे रे’ उनले ठट्यौली शैलीमा अगाडि भने, ‘ आइन्सटाइनले पढेका थिए, काल्र्समाक्सबारे थाहा पाए । नपढेकाले थाहा पाएनन् । नपढेकाले मान्दिन भन्छन् ।’

उनले लेखिन र माक्सवादको सिद्दान्तहरु व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरिएको पनि बताए ।

अब दायाँबायाँ गर्ने छुट छैन, पार्टी एकता नतोकिएको दिन हुन्छ : प्रचण्ड