काठमाडौं–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै छन् । पार्टी एकताका लागि नमिलेका विषयहरु टुंग्याउन केही दिनदेखि प्रयासरत दुई पार्टीका अध्यक्ष आज पनि छलफल जुट्न लागेका हुन् ।


ADVERTISEMENT


एकताको नजिक रहेको ठानिएका एमाले–माओवादीबीच अधिकांश विषयमा सहमति जुटे पनि एकताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दमा अझै मतान्तर छ । यही असमझदारी मेट्न शुक्रबार दुई पार्टीका अध्यक्ष छलफलमा जुटेका थिए । तर सहमति भने भएन ।


ADVERTISEMENT

# # #


प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई पार्टीका अध्यक्षको भेटघाट निश्चित भए पनि समय भने तय भइनसकेको जानकारी दिए ।

दुई अध्यक्षको छलफलले विवादित विषय टुंगो लगाएमा भोलि एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस निर्णय लिने सम्भावना छ ।

यसअघि कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते नै एकता घोषणा गर्ने बताइएको थियो । तर दुई अध्यक्षबीच थप छलफल आवश्यक गर्नुपर्ने भन्दै यसलाई टारिएको थियो ।