काठमाडौं–दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभपछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीय तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् । फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे ।


ADVERTISEMENT


तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यही राति उनीहरु भागेर सुर्खेत आईपुगे ।


ADVERTISEMENT

# # #


१० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि उनीहरु भारतको गुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए ।

गुजरात पुग्दासम्म तिवारीसँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन । जब युवती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । आजको नागरिक दैनिकमा यो खबर छ ।

गुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो । ‘होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्योु, युवतीले भनिन्, ‘चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।’

युवतीका अनुसार दैनिक तीनदेखि छ जनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्नथ्यो । युवतीको चित्कार आउनेहरुले सुन्दैनथे ।