काठमाडौं–प्रधानमन्त्री निवास वालुकाटारमा भएको ‘वान टु वान’ वार्ता सकारात्मक रहेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।


ADVERTISEMENT


पार्टी एकताको गाँठो फुकाउन दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको अध्यक्षद्वयलाई उद्धृत गर्दै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खोज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच छलफल चलेको हो ।

९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुर्इ पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेको छैन । सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखको एकता घोषणा केही पर सारेका छन् ।