काठमाडौं–बुधबार साँझ तीन घण्टा ललितपुरको यातायात अवरुद्ध हुने भएको छ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने हुँदा ललितपुरको पुल्चोक, जावलाखेल र मंगलबजार क्षेत्रको यातायात अवरुद्ध हुने ललितपुर ट्राफिक प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरीका अनुसार रथ तान्ने कार्यक्रममा हजारौँ सर्वसाधारण सहभागी हुने भएकाले आज साँझ ४ बजेदेखि ७ बजेसम्म सो क्षेत्रमा यातायात आवगमन बन्द गरिनेछ ।


ADVERTISEMENT

# # #


आज पुलचोकबाट गाबाहालसम्म मत्स्येन्द्रनाथको रथलाई तानिने बताइएको छ ।

कहाँ–कहाँ यातायात प्रभावित हुनेछ ?
जावलाखेल–दमकल–पुल्चोक
मंगलबार–पुल्चोक

वैकल्पिक मार्ग
सो समयमा ट्राफिक प्रहरीले जामबाट बच्न वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव दिएको छ ।

प्रहरीका अनुसार यस्ता छन् वैकल्पिक मार्गः

माइक्रो बस, मिनीबसलाई
जवलाखेल–चिडियाघर–झम्सीखेल–कानदेवता

अन्यलाई
जावलाखेल–अल्का अस्पताल–सुमेरु अस्पताल–झम्सीखेल–कानदेवता

पुल्चोकतर्फ आउनेलाई
पुलचोक–सुजुकी मोड–झम्सीखेल–भनिमण्डल–एकान्तकुना वा जावलाखेल