काठमाडौं– मंगलबार सेयर बजारमा रौनक छाएको छ । बजार ३३.६१ अंकले बढ्दा कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । आज कारोबारमा सामेल १६६ कम्पनीको ९५ करोड ४० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बजार १३३१.१८ अंकमा आएर रोकिएको छ ।


ADVERTISEMENT


बजारमा उत्साह छाउँदा ट्रेडिङ समुहमा भने गिरावट आएको छ । आज सबैभन्दा बढी बिमा समुहमा ३६०.४३ अंकको उछाल आएको छ । यता माइक्रोफाइनान्स तर्फ १२०.११ अंकको बढोत्तरी भएको छ । यस्तै होटल समुहमा ८६.०१ अंकले बृद्धि हुँदा उत्पादन तथा प्रशोधन तर्फ ५४.९९ अंकको बृद्धि भएको हो ।


ADVERTISEMENT

# # #


यस दिन सबैभन्दा बढी सुर्य लाइफ इन्सुरेन्सको ५ करोड ९८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्सको ३ करोड ९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यता कुमारी बैंकको पनि ३ करोड बढीको कारोबार भएको छ ।