काठमाडौं–अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ । एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो कि भन्ने पनि देखिन्छ ।


ADVERTISEMENT


यस्तो आशंकाबीच कतिपय मान्छेहरूले भड्काउनका लागि शंका भरिदिएको पनि हुनसक्छ । सम्मानजनक भनेर ५०/५० अनुपातमा एकताको कुरा त्यतिकै आएको पनि छैन । तर, जे होस् उहाँसँग सकारात्मक दिशामा कुरा अघि बढेको छ, विश्वासको वातावरण बन्दै छ ।


ADVERTISEMENT

# # #


संयोजन समितिमा पनि थप छलफल हुन्छ र ९ गते नै पार्टी एकता घोषणा गर्ने गरी तयारी गर्नुपर्छ ।

एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ । – आजको नयाँ पत्रिकाबाट