काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका क्रममा विभिन्न मुलुकमा बिरामी परी कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको छ ।


ADVERTISEMENT


नेपाल सरकारले जिम्मा नलिँदा खाडी मुलुकका अस्पतालमा कोमामा रहेका दुइ दर्जनभन्दा बढी बिरामीलाई स्वदेश ल्याउन सकिएको छैन ।


ADVERTISEMENT

# # #


मन्त्रालयले ती बिरामी ल्याउनका लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । ‘विदेशमा कामको सिलसिलामा दुर्घटना वा अंगभंग भई कोममा रहेका बिरामीलाई नेपाल ल्याइ सुविधासम्पन्न अस्पतालमा उपचार व्यवस्था मिलाउने निर्णय गरिएको छ ।’ श्रममन्त्री गोकर्ण विष्टले भने ।
कतारमा मात्रै ११ जना नेपाली कोमामा छन् । कतिपय बिरामी १० वर्षदेखि उपचाररत छन् । कोमाका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने सम्बन्त्री कार्यविधिको मस्योदा बनाउन विशेषज्ञको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ ।

समितीलाई प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणलाई गुणस्तरीय र विस्वसनीय बनाउन सूचीकृत स्वास्थ्य संस्थाको कार्यविधि र मापदण्डलाई समसामयिक सुधार गरी अनुगमन तथा नियमन प्रणाली प्रभावकारी बनाउने निर्णय गरेको छ । अभिमुखीकरण तालिमको पाठ्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी विषय समावेश गर्ने पनि मन्त्रालयले जनाएको छ । – आजको कान्तिपुर दैनिकबाट