काठमाडौं–नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।


ADVERTISEMENT


बिहीबार बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण कार्यक्रममा खनालले लिखित मन्तव्य संक्षिप्त रुपमा राखेका थिए । पदीय जिम्मेवारीसँगै चुनौति पनि रहेको भन्दै उनले यसलाई आफूले अवसरको रुपमा लिएको बताए ।


ADVERTISEMENT

# # #


आफूसँगै दर्ज्यानी चिह्न ग्रहण गरेका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाइ दिँदै सर्वेन्द्रले सहकार्य गरेर अघि बढ्ने बताए । उनले संगठनको प्रभावकारीता बढाउन वृत्ति विकासमा जोड दिने र प्रहरी संगठनको क्रियाकलापलाई पारदर्शी तथा जवाफदेही बनाउने बताए ।

गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई पालना गर्ने प्रतिवद्धता खनालले जनाए । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र चेन अफ कमाण्ड कायम गर्ने बताए । उनले उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने पनि बताए ।

खनालले आतंककारी गतिविधि र समाजमा खलल पु¥याउने कामलाई रोक्नका लागि क्रियाशील हुने बताए । त्यसका लागि आवश्यक नीति नियम निर्माणमा जोड दिने पनि उनले बताए । सशस्त्र प्रहरीका महानिरीक्षक खनालले पनि गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई अनुसरण गर्ने बताए ।

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले ६ महिना वा एक वर्ष वा मासिक कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । उनले कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन पनि सुझाव दिए ।