काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने पार्टीको अडानबाट पछि हटन नसकिने स्पष्ट पारेका छन् । अध्यक्ष थापाले एकचोटी निर्वाचन हार्दैमा पार्टीको सिद्धान्तबाट विचलित नहुन पार्टीका नेता, कार्यकर्तालाई पनि सचेत गराए ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी आफ्नो सिद्धान्तबाट विचलित नहुने पनि स्पष्ट पारे । अध्यक्ष थापाले पार्टीले सरकारमा रहँदा समेत हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पक्षमा राज्यको स्रोत र साधनलाई समेत सदुपयोग गरेको पनि स्मरण गराए ।


ADVERTISEMENT

# # #


अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्तलाई स्थापित गराउन लागिपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।