काठमाडौँ– गत शनिबार मधेसी मोर्चा र संघीय गठबन्धनसँग भएको सहमति अनुसार आज सरकारले संविधान संशोधन प्रस्ताव  संसदमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो एक बजे बस्ने व्यवस्थापीका संसद बैठकमा सरकारले यसअघि दर्ता गराएको प्रस्ताव परिमार्जनसहित पेश गर्न लागेको हो ।


ADVERTISEMENT


यसअघि गत शनिबार सत्तारुढ दल र मधेसी मोर्चाको गठबन्धनबीच स्थानीय चुनाव दुई चरणमा गर्ने, संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने लगायतका विषयमा सहमति भएको थियो । यो सहमतिअनुसार मोर्चाले पुर्व घोषित आन्दोलनका सवै कार्यक्रम आइतबार नै स्थगित गरेको छ । यता, मोर्चा र सरकारबीचको सहमतिबारे धारणा तय गर्न एमाले स्थायी कमिटि बैठक बसिरहेको छ ।


ADVERTISEMENT

# # #


संशोधन प्रस्ताव पारित गर्न अहिलेको राजनीतिक समिकरण अनुसार एमालेको समेत साथ आवाश्यक छ । तर एमाले भने यसमा सहमत भइसकेको छैन । सरकार मनाउन प्रयासरत खेखिन्छ ।