काठमाडौँ– नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


सिलवालसँगै अधिवक्ता थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । सर्वोच्च अदालतमा नवराज सिववालले पेश गरेको कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको आशंकामा मन्त्रिपरिषदले नेपाल प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। साथै आइजीपीले बोलाएको बैठक पटकपटक बहिष्कार गरेपछि उनलाई स्पष्टिकरण सोधिएको थियो । मन्त्रिपरिषदको निर्देशनपछि प्रहरीले छानबिन समिति गठन गरेको छ। सो छानविन गर्न सिलवालाई बोलाएको जनाइएको हो।


ADVERTISEMENT

# # #


प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘उहाँलाई प्रहरी प्रधान कार्यालय आउन’ भन्दा गाडी छैन भनेपछि लिनका लागि गाडी पठाएका हौ। पक्राउ गरिएको होइन।’ प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार सिलवाललाई पक्राउ गरेको नभइ अनुसन्धानका लागि बोलाएको हो।