एजेन्सी – भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।


ADVERTISEMENT


सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #