काठमाडौं–चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरको बीचमा पर्ने टिकौली जंगलमा ट्रकको पछाडि बस ठोक्किँदा १९ यात्रु घाइते भएका छन् ।


ADVERTISEMENT


घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोमबार भरतपुरबाट टाँडी जाँदै गरेको ग १ ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ५ ख १०१२ नम्बरको ट्रकको पछाडि ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसका चालक घाइते भएका छन् । ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।