काठमाडौं–सुन्दा अचम लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ बर्षमै सकिनेछ । संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि सम्बन्धी व्यवस्था छ ।


ADVERTISEMENT


यो धारको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्धारा एक तिहाइको दुई बर्ष, अर्को एक तिहाइको चार बर्ष र बाँकी एक तिहाइको ६ बर्षको हुने गरी पदावधि कायम गरिनेछ ।’


ADVERTISEMENT

# # #


तर प्रतिनिधिसभाको कार्यकाल भने ५ बर्षको हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ ।–आजको नेपाल समाचारपत्रबाट