काठमाडौं–दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमै छोराबुहारीलाई कुटपिट गरेका छन् ।


ADVERTISEMENT


न्यायिक समितिमाथि परेको उजुरीमाथि छलफल गर्न भन्दै बोलाइएका कञ्चनरुप–९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप–९, धरमपुरकी १६ वर्षीया कविता राम कुटिएका हुन् ।


ADVERTISEMENT

# # #


साह र राम फागुन २ गते हनुमाननगर कंकालिनी १ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए ।

विवाहबाट असन्तुष्ट मनीषका बुबा शिवनारायण साहले दर्ता गरेको उजुरीमाथि छलफल गर्न बोलाइएको न्यायिक इजलासमा साह पक्षले कुटपिट गरिएपछि यसको आलोचना भइरहेको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट