धादिङ– सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनियाँ लगानीमा हुने भएको छ ।


ADVERTISEMENT


चीनको सिचुवान प्रान्तको राजधानी छेदुङस्थित म्यलनाबलन इलेक्ट्रिक कर्पोरेशन र सिद्घकाली पावर लिमिटेड कम्पनीबीच लगानीका विषयमा दुइपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


नुवाकोट र धादिङ जिल्ला बीच निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साल साउनबाट सुरु भई ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

१५ अर्व ५० करोड लागतको उक्त परियोजनामा चिनियाँ कम्पनीले रु ९ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाँकी रकम नेपाली लगानीकर्तामार्फत संकलन गरी परियोजना निर्माण सम्पन्न गरिनेछ । म्यलनाबलन इलेक्ट्रिक कर्पोरेशन टरवाईन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनीहरु मध्येको एक कम्पनी हो ।

परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेल्वे ब्युरो सेकेन्डले गर्नेछ । यो कम्पनी हाल भेरी बबई सिचाई आयोजनाको सुरुङ निर्माण कार्यमा पनि संलग्न रहेको छ ।

त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएतापनि वर्षातको समयमा पर्याप्त पानी हुने हुदाँ यस परियोजनाले ८२.५ मेगावाट सम्म विद्युत उत्पादन गर्न सक्नेछ । जसलाई बहुआयामिक परियोजना भन्न सकिनेछ ।

परियोजनाको लागि त्रिशूली नदीमा बाँध बनाइने भएकोले उक्त नदीमा तलाउ निर्माण हुनेछ । चिनियाँ कम्पनीले गरेको लगानी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ वर्ष भित्र फिर्ता गरि सक्नुपर्नेछ । आयोजना लक्ष्मी बैकको अगुवाईमा सम्पन्न हुनेछ ।