काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले राज्यले धर्म निरपेक्षताको मान्यता उल्लंघन गरेको आरोप लगाएको छ ।


ADVERTISEMENT


हाल चर्चामा रहेको गोहत्याबारे पार्टी महासचिव वैद्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गोहत्यावारे राज्यद्वारा कानूनी कार्यवाहीको प्रकृया अगाडि बढाइएको सन्र्दभमा संविधानमा उल्लेख गरिइएको धर्म निरपेक्षताको मान्यता स्वयम् राज्यद्वारा नै उल्लंघन गरिएकोछ । यस प्रकारका गतिविधिको पार्टी दृढ विरोध गर्दछ ।’


ADVERTISEMENT

# # #


पार्टीको यही चैत १२ र १३ गते बसेको पोलिटव्यूरो बैठकको निर्णय सार्वजनिक गर्न वैद्यले जारी गरेको विज्ञप्तिमा संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियानलाई आगामी २०७५ जेठ महिनासम्म थप गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

यस्तै देशमा सीमा अतिक्रमणको समस्या बढ्दै गएको र राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न गम्भीर बन्दै गइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।