काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करण शनिबारबाट धनगढीमा सुरु हुँदै छ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी हुँदा सहभागी क्लबहरूले विदेशी खेलाडीहरूलाई अनुबन्धित गरिसकेका छन्।


ADVERTISEMENT


डिपिएलले यस संकरणबाट सहभागी टोलीमा दुई विदेशी खेलाडी अनिवार्य हुुनुपर्ने बनाएको छ । त्यसअनुसार विराटनगर किङ्सबाहेक सबै टोलीले विदेशी खेलाडीलाई अनुबन्धित गरिसकेका छन् । विराटनगरका टोली व्यवस्थापक छुम्पी लामाले खेलाडीसँग कुरा भइरहेको र छिट्टै टुंगो लाग्ने बताएका छन्।


ADVERTISEMENT

# # #


टिम चौराहा धनगढीले राजस्थानका पुनित मिश्रा र युनाइटेड अरब इमिरेट्स(युएई) का कप्तान रोहन मुस्तफालाई अनुबन्धित गरिसकेको छ । पुनीत धनगढी पुगिसकेका छन् भने रोहन १, २ दिनमा नेपाल आइपुग्ने टिम चौराहा धनगढीका सञ्चालक राजकुमार श्रेष्ठले बताए । पुनीतले यसअघि एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्याडियटर्सबाट खेलेका थिए।

सिवाइसी अत्तरियाले दिल्लीका गौरव चितकारा र युपिका विपिन चन्दलाई अनुबन्धित गरेको छ । दुवै खेलाडी बुधबारसम्म नेपाल आइपुग्ने अत्तरियाका अध्यक्ष नरबहादुर राईले जानकारी दिए । अत्तरियाले अभ्यास थालिसकेको र दुई खेलाडी आएपछि टोलीमा समावेश हुने बताए।

त्यस्तै महेन्द्रनगर युनाइटेडले पुनीत मेहेरा र पुनीत विष्टलाई अनुबन्धित गरेको छ । मेहेरा र विष्टले खेलेका थिए । दुवै खेलाडी १५ गतेसम्म नेपाल आइपुग्ने महेन्द्रनगरका सह सञ्चालक नीरज चन्दले बताए । उनले टोलीले महेन्द्रनगरमा अभ्यास गरिरहेको बताए । विष्टले इपिएलमा भैरहवा ग्लाडियटर्सबाट खेलेका थिए।

रूपन्देही च्यालेन्जर्सले ओमानका सुफियान मेहमुद र क्रिकेट एसोसिएसन अफ बंगोलका दीपक पैसादलाई अनुबन्धित गरेको टोलीका सह सञ्चालक रोमित वज्राचार्यले जनाए । दपिक मंगलबार काडमाडौं आइपुगेका छन् भने सुफियान बुधबारसम्म नेपाल आइपुग्ने बताए । काठमाडौं गोल्डेन्सले जयकिसन कोल्सावाल र सन्नी पटेललाई अनुबन्धित गरेको छ । दुवैले यसअघि इपिएलमा ललितपूर प्याट्रियट्सबाट खेलेका थिए । कोल्सावाल र पटेल टोलीसँग अभ्यास गर्न थालिसकेको प्रशिक्षक राजु बस्न्यातले जनाए।