काठमाडौं–हकै नलाग्ने अवधिसम्म विवरण ढाँटेर पदमा बसिरहेको खुला भएपछि न्याय परिषद्बाट पदमुक्त भएका निवर्तमान प्रधानन्यायधीश गोपाल पराजुलीविरुद्ध परेको फौजदारी दायित्व लाग्ने उजुरीलाई प्रहरीले दर्ता गर्नै आलटाल गरेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर, काठमाडौंमा सोमबार पेस भएको उक्त उजुरी न्यायपरिषद् तथा आदालतमा समेत सोधपुछ गरी मुद्धा दर्ता गर्ने नगर्ने अवस्थामा पुगिने अनौठो जवाफ प्रहरीको छ ।


ADVERTISEMENT

# # #


सरकारी वकिलसँग हामीले यसबारे परामर्श गर्यौँ, न्यायपरिषद् र सर्वोच्च अदालते यो मुद्धा हेरिसकेकाले प्रहरीले सीधै हेर्न नमिल्ने सुझाव आएको छ, परिसर प्रवक्ता तथा मुद्धा फाँट प्रमुख डीएसपी मोहन थापाले भने, प्रहरीको क्षेत्राधिकार नपर्न भएकाले दर्ता नभएको हो । –आजको कान्तिपुरबाट