काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘छडके’ जाँच गरेका छन् । मंगलबार गृहमन्त्री थापाले विमानस्थलको आकस्मिक छड्के जाँच गरेका हुन् ।


ADVERTISEMENT


छड्के जाँच गरेलगत्तै मन्त्री थापाले अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीमाथि विभागीय कार्वाही गर्ने चेतावनी पनि दिए । विमानस्थलको आकस्मिक अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सुरक्षा र पहिचानको मुख्य विन्दु भएकाले विमानस्थलको आकस्मिक अनुगमन गरिएको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


मन्त्री थापाले विमानस्थललाई व्यवस्थित बनाउन ठोस नीति बनाउन लागिएको पनि जानकारी दिए । उनले अनुगमनका क्रममा विमानस्थललाई व्यवस्थित बनाउन माहतका निकायलाई पनि सचेत गराएका थिए । विमानस्थल अस्तव्यस्त भइरहेको गुनासो आइरहेका बेला मन्त्री थापाले आकस्मिक अनुगमन गरेका हुन् ।

विमानस्थललाई व्यवस्थित बनाउने गरी ठोस नीति बनाउने सरकारको योजना छ ।