काठमाडौं–युवा संघ नेपाल धादिङ र YCL धादिङको संयुक्त आयोजनामा बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवा संघ नेपाल र YCL नेपालको तर्फवाट निर्बाचित र धादिङवाट निर्वाचित माननियहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पुर्व परराष्ट्र मन्त्री, युवा फांटका प्रमुख महेन्द्र पाण्डेले सम्मान गरेका थिए ।


ADVERTISEMENT


सम्मानित हुनु हुनेमा राजिव पहारी, चन्द्र लामा, मन्जु यादव, दुर्गा वि क, खेम लोहनी, सुनिता चौधरी, भुमी त्रिपाठी, जगत सिमखडा, डा रामकुमार अधिकारी, वलराम वास्कोटा लगाएत रहेका थिए । कार्यक्रम प्रमुख अतिथिको रुपमा वोल्दै महेन्द पाण्डेले सवै निर्वाचित माननियलाईहरुलाई बधाई दिदै भने अब युवा संघ र YCL ले आफ्ना संगठन बिभागका प्रमुखहरुको नेतृत्वमा संगठनको ढाचा, भावी कार्यदिशा, कार्यक्रम लगाएतका विषयमा छलफल चलाउन शुरु गर्नुहोस् भन्दै निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


अबको सरकार संग जनताको अपेक्षा वढी छ । यसलाई सकरात्मक सुझाव दिन सवैलाई आग्रह गरेका छन् । युवाहरु बिदेशीनु हाम्रो चुनौति हो । विदेशमा युवा राखेर देशको विकास हुन सक्दैन । सीप र दक्षतावाट निपुण युवाहरुलाई विशेष सुविधा सहित स्वदेश फिर्ता गर्नु पर्दछ । सामाजिक कुरितीवाट ग्रशीत समाजलाई परिवर्तन गर्नु छ जस्को ज्वलन्त उदाहरण कैलालीको राधा चौधरीको घटना हो भन्दै खेद प्रकट गरेका छन् । दोशीलाई कारबाही गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा वोल्दै संघका अध्यक्ष राजिव पहारीले भने जनताले दिएको अभिमतलाई खेर जान नदिने बताएका छन् ।युवाहरुका पक्षमा लागिरहने र युवाको मुद्दा कार्यान्वयनको लागि संसद र सडक दुवैको नेतृत्व गर्ने प्रतिवद्दता राखे ।

YCL का अध्यक्ष दिप शिखाले भने अब एकता कसैले रोक्न सक्दैन । दुवै पार्टी र संगठन चाडै नै एकता हुने भन्दै यो सरकार संग ईतिहासमा नै वढि अपेक्षा रहेको छ । यसलाई हामी रचनात्मक सहयोग गर्नु पर्ने बताएका छन् । कार्यक्रममा चन्द्र लामा, मञ्जु यादव, सुनिता चौधरी, दिपा वि क, वलराम वास्कोटा, खेम लोहनी, भुमि त्रिपाठी, जगत सिमखडा लगायतले आफ्नो मन्तब्य राखेका छन् । संघ सचिव माधव वास्तोला, क्रान्ति वुर्लाकोटी र सचिवालय सदस्य रमेश आचार्यले संगठनको तर्फवाट आफ्ना धारणा राखेका थिए ।

कार्यक्रम युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाको अध्यक्षतामा सम्पन्न भयो भने संचालन संघका धादिङ सचिव काजी श्रेष्ठ र स्वागत YCL धादिङ अध्यक्ष राम व. थापाले गरेको जानकारी सन्तोष सिलवालले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।