काठमाडौं–हालै प्रदर्शनमा आएको अनमोल केसी अभिनीत ‘कृ’ मा समाविष्ट एउटा गीत मूल सर्जकलाई थाहै नदिई चोरी गरिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।


ADVERTISEMENT


उक्त फिल्ममा रहेको ‘उकालीमा पछिपछि…’ गीत यसअघि नै २०४३ मा निर्मित ‘सम्झना’ बाट चोरिएको भन्दै उक्त फिल्मका निर्माता शम्भु प्रधानले प्रहरी परिसर, काठमाडौंमा जाहेरी दरखास्त दर्ता गरेका छन् ।


ADVERTISEMENT

# # #


गत २५ गते दर्ता उक्त निवेदनमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ । प्रधानले निवेदनमा ‘कृ’ का निर्माता भुवन केसी र सुभाष गिरीलाई प्रतिवादी बनाएका छन् । प्रधानले आफूसँग कुनै अनुमति नलिई आफ्नो फिल्मको गीत चोरी गरेर प्रयोग गरेको भन्दै आर्थिक क्षतिपूर्ति दिलाइदिन अनुरोध गरेका छन् । उनले ‘कृ’ आफ्नो गीतकै कारण चलेकोले क्षतिपूर्तिबापत फिल्मको कुल आम्दानीमध्ये आधा रकम दिनुपर्ने दाबी गरेका छन् ।

प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ अनुसार गीत चोरीको मुद्दा चलाइने सम्भावना रहेको अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले बताए । ती अधिकारीका अनुसार गीतका मूल सर्जक, पहिलोचोटि उक्त गीत समाविष्ट भएको फिल्मका निर्माता कसैलाई पनि थाहै नदिई सिर्जना चोरी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।–आजको कान्तिपुरबाट