काठमाडौं–राष्ट्रियसभाले गणेशप्रसाद तिमिल्सिनालाई आज अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गर्दैछ ।


ADVERTISEMENT


राष्ट्रिय सभा अध्यक्षका लागि बामगठबन्धनका तर्फबाट एमालेका तिमिल्सिनाको मात्र उम्मेदवारी परेका कारण आजको बैठकले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


त्यसका लागि राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई–दुई जना सांसद छन् ।

तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ ।

राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने भएपछि उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति छ । प्रमुख पदमा एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान अनुरुप उपाध्यक्षमा पदमा कसलाई चयन गर्ने विषयमा माओवादीले आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ ।