काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नयाँ राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगर्ने होकि भन्ने चिन्ता व्यक्त गरेको छ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीले नयाँ राष्ट्रपतिको रुपमा संवैधानिक दायित्व पूरा गर्नेमा आफू विश्वस्त नरहेको प्रतिक्रिया दिएका हुन् ।


ADVERTISEMENT


राष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको सांसद मनोनित गर्दा दलीय स्वार्थलाई हेरेको दावी गर्दै अव त्यस्तो नहोस् भन्ने कामना पनि गरे । उनले सामाजिक आन्दोलनलाई उठान गरेर परिवर्तित नेपालको राष्ट्रप्रमुख बन्ने आँट नयाँ राष्ट्रपतिले गर्नु पर्ने आवश्यक्ता पनि औंल्याए ।


ADVERTISEMENT

# # #


काँग्रेस नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेका राष्ट्रपतिहरु राजतन्त्रकै झल्को दिने गतिविधिभन्दा माथि उठन नसकेको दावी पनि गरे । राष्ट्रपति भईसकेका व्यक्तिले पूरानै तामझाममा रमाउने कुरालाई निरन्तरता दिन नहुने उनको बुझाई छ ।