काठमाडौं–जुवाको खालबाट दुई प्रहरी सहित २५ जना पक्राउ परेका छन् । काठमाडौंका दुई छुट्टा छुट्टै स्थानमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । गोंगबु मित्रनगरबाट ७ जना र चन्द्रागिरीको ग्रिन हिल रिसोर्टबाट १८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


गोंगबु मित्रनगरबाट महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी हवल्दार सुरज थापा र प्रहरी जवान इन्द्र थापा पक्राउ परेका हुन् । उनीहरुसंगै शैलेन्द्र खड्का, संजयकुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ, विष्णु श्रेष्ठ, पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


ग्रिन हिट रिसोर्टबाट पक्राउ पर्नेमा बुद्ध श्रेष्ठ, मनकाजी श्रेष्ठ, मनोज महर्जन, सुमित बिडारी, हीरा महर्जन, सतिक खान, सिफेदलाल सन्त, पञ्चनारायण स्याङताङ, कबि महर्जन छन् । यस्तै विजय तामाङ, सुरेश राई, साजन नेपाली, इन्द्र नेवार, हीराकृण साई, कान्छी देउला, धनमाया देउला, जितु देउला र बच्चा देउला रहेका छन् ।

पक्राउ परेका सबैको आइतबार नै अदालतबाट म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।