काठमाडौं–आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत् नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ ।


ADVERTISEMENT


जिम्बाब्वेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयानुसार दिउँसो १ः१५ बजे अफगानिस्तानको सामना गर्नेछ ।


ADVERTISEMENT

# # #


एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सातपटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । ‘सुपर सिक्स’मा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ ।

लगातार दुई खेलमा नेपालले हार व्यहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्यान्डसँग चार विकेटको हारेको थियो ।

टेस्ट राष्ट्रको मान्यता पाइसकेको अफगानिस्तान स्कटल्यान्ड, जिम्बाब्वे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधारमात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङकङसँग खेल्न बाँकी छ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भइ विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् ।