काठमाडौं–कैलाली प्रहरीले शनिबार बिहान लागू औषध चरेससहित १ जनालाई पक्राउ गरेको छ । सात नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अत्तरीबाट जयपृथ्बी नगरपालिका–८, बझाङका पदमबहादुर बोहोरालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


आरआइटीका प्रमुख केशब जोशीका अनुसार बसपार्क नजिकैको होटेलबाट पक्राउ परेका बोहोराको साथबाट ७ केजी चरेस बरामद भएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका बोहोरालार्इ प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।