काठमाडौं–राष्ट्रियसभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् ।


ADVERTISEMENT


पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटव्यूरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमिल्सिनाले नेतृत्वमा इच्छा देखाएका छन् ।


ADVERTISEMENT

# # #


एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँटअखनुसार एमालेको भागमा राष्ट्रियसभा अध्यक्ष परेको छ । तर सो जिम्मेवारी कसलाई दिने भन्ने निर्णय पार्टीले गरेको छैन । उनीहरु दुवैले एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षलाई भेटेर आकांक्षा देखाएका छन् ।–आजको राजधानी दैनिकबाट