काठमाडौँ – पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध विवादास्पद अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले कारबाहीको प्रक्रिया सुरु गरेको छ।


ADVERTISEMENT


उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ जस्ता शब्दहरू प्रयोग गर्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको आवश्यकता रहेको अभिव्यक्ति दिएकी थिइन्।


ADVERTISEMENT

# # #


उनको यस्तो अभिव्यक्ति पछि नेकपा एसभित्र असन्तोष र आक्रोश फैलिएको छ। यसबारे पार्टीले झँक्रीलाई तीन दिनेअल्टिमेटम दिएको छ । उनलाई उनले दिएको अधिव्यक्तिबारे स्पष्टीकरण समेत सोधिएको छ।

सचिव सोमप्रसाद पाण्डेले यस सम्बन्धी जानकारी दिंदै भने, ‘अनुशासन आयोगले झाँक्रीसँग तीन दिनभित्र स्पष्टीकरण मागेको छ। उनको जवाफ पाएपछि पार्टीले उपयुक्त निर्णय गर्नेछ।