काठमाडौँ– नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनद्वारा २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित असार १५ तथा राष्ट्रिय धान दिवसको विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले धान रोपेका छन् ।
चितवनको भरतपुर महानगरपालिका– १७ मा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न किसान संघ तथा स्थानीय नागरिकहरूको ठूलो उपस्थिति थियो, जसमा बानियाँ ज्युको नेतृत्व र कृषि क्षेत्रमा गरिएको योगदानको प्रशंसा गरियो।
नेता बानियाँले कृषकहरूको लागि स्थायी योजना र नीति निर्माणमा आफ्नो पूर्ण समर्पण व्यक्त गर्दै, ‘हामी सबै मिलेर कृषकहरूको जीवनस्तर उकास्नका लागि काम गर्ने छौं।’