काठमाडौं–प्रिमियर लिगको समस्यालाई थाँती राख्दै आर्सनलले इटालियन क्लब एसी मिलानलाई युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा उसैको घरेलु मैदानमा पराजित गरेको छ । लगातार चार खेलको पराजयको श्रृंखला रोक्दै आर्सनल वेङ्गरको टोलीले मिलानलाई २–० गोल अन्तरले हराउन सफल भएको हो ।


ADVERTISEMENT


अर्सानलको जीतमा हेनरिक मिखितारियन र आरोन रामशेले एक–एक गोल गरे । युरोपियन प्रतियोगिताको अन्तिम १६ मा आर्सनलले जीत निकालेको सन् २०११ पछि को यो पहिलो अवसर हो । त्यस्तै, आर्सनल मिलानलाई सान सिरोमा युरोपियन प्रतियोगितामा पराजित गर्ने सन् २००२ पछि को पहिलो टोली पनि बनेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै आर्सनलले एसी मिलानको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ ।

उता, एथ्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोमाथि ३–० को सहज जीत हासिल गरेको छ । एथ्लेटिकोको जीतमा साउल निगुएज, डिएगो कोस्टा र कोकेले एक–एक गोल गरे । जनवरीमा स्पेनिस टोलीमा फर्केपछि पछिल्ला १२ खेलमा कोस्टाको छैटौँ गोल हो ।

अन्य खेलमा बोरुसिया डर्टमण्ड भने आरबी साल्जबर्गसँग १–२ गोलअन्तरले पराजित भयो । लियोनले सिएसकेए मस्कोलाई १–०, मार्सेले एथ्लेटिक बिल्बाओलाई ३–१, आरबी लेइबजिगले जेनिथ सेन्ट पिटर्सबर्गलाई २–१ र स्पोर्टिङले भिक्टोरिया प्लेजेनलाई २–० गोलअन्तरले पराजित गर्यो ।

लाजियो भने डाइनामो किएभसँग २–२ को बराबरीमा रोकियो ।