काठमाडौँ— इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइनमार्फत विवरण संकलन सुरु गरेको छ।


ADVERTISEMENT


तेल अविवस्थित दूतावासले मंगलबार एक सूचना जारी गर्दै, इजरायलमा हालको अस्थिर परिस्थितिको बीच समस्यामा परेका नेपाली नागरिकहरूको आवश्यकता अनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य सहायताका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था देखिएकाले आधार प्राप्तिका लागि जानकारी संकलन थालिएको जनाएको छ।


ADVERTISEMENT

# # #


सूचनामा इच्छुक नेपाली नागरिकहरूले दूतावासले उपलब्ध गराएको अनलाइन फारममार्फत स्वयंलाई दर्ता गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ। दूतावासले यस प्रक्रियामार्फत संकलित विवरणलाई उद्धार कार्य सहज बनाउन प्रयोग गरिने जनाएको छ।

इजरायल र इरानबीचको बढ्दो सैन्य तनावपछि विभिन्न देशहरूले आफ्ना नागरिकको उद्धार प्रक्रिया अघि बढाइसकेका छन्। नेपाल सरकारले पनि संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक पहल थालिएको जनाएको छ।