काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


प्रेस सेन्टर नेपाल चितवनले मंगलबार प्रचण्डको नीजि निवास भरतपुर १४ शिवनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभइ संविधानको रक्षार्थ भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले संघीय लोकतान्त्रीक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगायत वर्तमान उपलब्धी माओवादीको एजेण्डा भएको दाबी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गरे । ‘यो अवरोध भइराखे हुन्थ्यो भन्ने सरकारको नेतृत्व चाहन्छ । यो नखुले हुन्थ्यो भन्ने चाहना छ ।’ उनले भने, ‘हामीले प्रतिपक्ष हौँ, देश जतासुकै जाओस् भन्यौँ भने संविधान नै धरापमा पर्ने खतरा देखिएको छ ।’

प्रचण्डले संघीय निजमती ऐन, विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमति मार्फत त्यसको जिम्मेवारी लिन खोजेको प्रष्ट पारे । ‘कसैले दुई बुँदे नगरेको भए पनि हुन्थ्यो भन्छन्, यो बचकाना कुरा हो । जिम्मेवार प्रतिपक्षको रुपमा हामीले निजामती सेवा ऐन, शिक्षा सम्बन्धी ऐन, नागरकिता ऐन र टीआरसी एनलाई प्राथमिकता दिनुपर्ने र छानबिनको कुरालाई नछोडिकन यो जिम्मेवारी पूरा गर्नुथियो ।’ आफ्नो नेता कार्यकर्तालाई प्रचण्डले भने, ‘बजारमा प्रचण्ड झ्क्यो भन्ने कुरालाई तपाईंहरुले हो हो गर्नुभयो भने यो कुराको गहिराईं कता हो भन्ने हुन्छ ।’

 प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन र नीतिगत सुधार गर्नुपर्ने बताए । यस मुद्दालाई त्यत्तिकै नछाड्ने उनको भनाइ छ ।