काठमाडौँ – भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले सोमबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् । विरोधपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएका थिए । सो क्रममा अध्यक्ष लिङ्देनले सदनमा ठूला–साना सवै दल रहेकाले सबैको भूमिका बराबर हुनुपर्ने बताए ।
सदनमा विरोध भइरहदा जबर्जस्ती बैठक सञ्चालन नगर्न उनले सभामुखलाई आग्रह गरे । उनले जबरजस्त सदन चलाउने कर्मकाण्डमा राप्रपा सहभागी नहुने भन्दै बहिस्कार गरेको दिन बैठक भत्ता नलिने स्पष्ट पारे ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा जनताको आवाज सदनमा राख्दा पनि राज्य गम्भीर बन्न नसकेको बताए । उनले जनताको मुद्दा अघि बढाउन आवाज दबाउन जबर्जस्ती सञ्चालन गरिएको जिकिर गरे ।
उनले सङ्ख्याका आधारमा कसैले पनि दम्भ देखाउन सुझाव दिए । विरोधका बीच सभामुख घिमिरेले संसद् बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरुले बेल घेराउ गरी नाराबाजी गरेका छन् । विरोधकाबीच प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहेको छ ।